जिल्ला अस्पतालमा टेलिफाेनले गर्दैन काम
रोल्पा : जिल्ला सदरमुकामको मुख्य बजारबाट पाँच किलोमिटर पश्चिम रेउघामा रहेको जिल्ला अस्पतालमा टेलिफोन असुविधाले सेवाग्राही मर्कामा परेका छन्।
जिल्लामा नेपाल टेलिकमलगायत अन्य सेवा प्रदायक संस्थाबाट टेलिफोन सेवा उपलब्ध भए पनि जिल्ला अस्पताल क्षेत्र उक्त सुविधाको प्रभावकारी पहुँचमा पुगेको छैन। ‘कार्यकक्षमा फोनले काम नगर्ने भएकाले मोबाइल बोकेर कार्यालय बाहिर गई फोन गर्नुपर्छ’, जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जिल्ला जनस्वास्थ्य अधिकृत डा. सुशील आचार्यले भने, ‘टेलिफोनको असहजताले कार्यालय र सेवाग्राही दुवैले समस्या भोग्दै आएका छन्।’
अस्पतालको डेलिभरी कक्षमा सीडीएमए टेलिफोनबाट काम चलाएका छौँ’, रोल्पा जिल्ला अस्पतालका स्टाफ नर्स शर्मिला आचार्यले भनिन्, ‘कहिलेकाहीँ यसले समेत काम नगर्दा निकै सास्ती हुन्छ।’ सभामुख कृष्णबहादुर महरा सूचना तथा सञ्चारमन्त्री भएका बेला अस्पतालमा टेलिफोन सेवा उपलब्ध हुनुपर्ने माग गरिए पनि अहिलेसम्म पूरा नभएको जिल्ला अस्पतालका कर्मचारीहरू बताउँछन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण