Health TV Online
Health TV Online
Health TV Online

क्लिनिक वानमा श्रवणशक्ति नभएका बिरामीका लागि दोभाषेसहितको सेवा

क्लिनिक वानमा श्रवणशक्ति नभएका बिरामीका लागि दोभाषेसहितको सेवा

हेल्थ टिभी अनलाइन \काठमाडौं : क्लिनिक वानमा श्रवणशक्ति नभएका, गुमाएका वा कम श्रवणशक्ति भएका व्यक्तिहरुका लागि दोभाषेसहितको स्वास्थ्य सेवा सुरु भएको छ । क्लिनिक वानले राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघसँग सहकार्य गर्दै उक्त सेवा दिन लागेको हो । क्लिनिक वानमा संघले दोभाषे व्यवस्था गर्ने गरी आज सम्झौता भएको छ । क्लिनिक वानका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष पौडेल र सिइओ रघु राना र संघको तर्फबाट अध्यक्ष लक्ष्मी देवकोटावीच सेवा दिने विषयमा सम्झौता भएको हो ।

कार्यक्रममा क्लिनिक वानका प्रबन्ध निर्देशक सन्तोष पौडेलले आफूहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत श्रवण क्षमता कम भएका वा नभएका बिरामीका लागि भनेर दोभाषेसहितको स्वास्थ्य सेवा दिन लागेको बताए । उनले श्रवण क्षमता नभएका व्यक्तिलाई आफनो समस्या बताउनका लागि गाह्रो हुने भएकाले उनीहरु कतिपय अवस्थामा सेवा लिनबाट वञ्चित हुने गरेको बताउँदै सोही ग्याप हटाउन क्लिनिक वानले प्रयास गरेको जिकीर गरे ।

यो सेवाबाट सुनाइ सम्बन्धि अपांगता भएका बिरामीहरुले दोभाषेमार्फत चिकित्सकसँग सही परामर्श लिन सक्नेछन् । जसबाट उनीहरुको उपचारमा निकै सहजता आउने र सही उपचार पाउने विश्वास लिएको बताउँछन्  क्लिनिक वानका सिइओ रघु राना । यसका साथै उनीहरुले क्लिनिक वानका सेवाहरुमा ३५ प्रतिशत छुट, प्रयोगशाला परीक्षणमा २५ प्रतिशत छुट, औषधि र खोपमा १० प्रतिशत छुट, संघको सिफारिस पत्र लिएर आएमा क्लिनिक वानको सेवामा १०० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । क्लिनिक वानले यो सेवा ६ वर्षअघिदेखि सुरु गरेको थियो । तर दोभाषे नहुँदा र सम्बन्धित ठाउँमा जानकारी नपुग्दा राम्रोसँग यो सेवा संचालन गर्न गाह्रो भएको थियो । तर, अहिले ती समस्यालाई सम्बोधन गर्दै यो सेवा संघको सहयोगार्थ संचालन गरिएको छ ।

कार्यक्रममा सम्यक डायग्नोस्टिकका अध्यक्ष वरिष्ठ प्याथोलोजिस्ट डा केयुर गौतमले क्लिनिक वानले श्रवण शक्ति नभएका बिरामीलाई लक्षित गरेर सेवा सुरु गरेकोमा धन्यवाद दिंदै यो निकै पुन्यको काम भएको बताए । उनले भने, ‘धेरै जना जो आफनो कुरा भन्न सक्दैनन अब उनीहरुले सहजै दोभाषेमार्फत समस्या बताउन मात्र सक्दैनन् सहजै गुणस्तरीय सेवा समेत पाउने छन् ।’

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना