Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विज्ञ भन्छन् -‘सुर्तीजन्य पदार्थ विरुद्धको कानून पूर्ण कार्यान्वयन नहुँदा नसर्ने रोगको जोखिम बढ्यो’

विज्ञ भन्छन् -‘सुर्तीजन्य पदार्थ विरुद्धको कानून पूर्ण कार्यान्वयन नहुँदा नसर्ने रोगको जोखिम बढ्यो’

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालले बनाएको सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानून संसारकै उत्कृष्ठ मानिन्छ तर फितलो कार्यान्वयनका कारण यसले अपेक्षित नतिजा दिन भने सकेको छैन् । त्यसैले अहिले पनि सुर्तीजन्य पदार्थको सेवनबाट दैनिक ७२ जना व्यक्तिले ज्यान गुमाई रहेका छन् ।

एक्सन नेपाल, स्वास्थ्य पत्रकार मञ्च नेपाल, द युनियन र एशिया प्यासेफिक सिटिज अलाइन्स फर द हेल्थ एण्ड डेभलपमेन्ट (एपीक्याट) ले संयुक्त रुपमा गरेको अन्तरक्रिया कार्यक्रममा विज्ञ तथा सरोकारवाला संस्थाका प्रतिनिधिहरु नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न बनाइएको कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंहले बढ्दो क्रममा रहेको नसर्ने रोग र त्यसलाई बढाउन सुर्तीजन्य पदार्थको भूमिकाको चर्चा गर्दै यसको नियन्त्रण अबको आवश्यकता रहेको बताए । उनले सुर्ती नियन्त्रण सम्वन्धी कानूनको प्रभावकारी कार्यान्वयन गर्न विभाग क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा संगिता मिश्राले सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नका लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्नुको साथ साथै व्यापक जनचेतना फैलाउनु पर्ने बताईन् ।

डा मिश्राले कानून कार्यान्वयन गर्दा दण्ड सजायको कुरालाई अघि बढाउनु पर्ने बताईन् । सजाय फितलो हुने देखियो भने मान्छेले लापरवाही गर्दो रहेछ । त्यसैले कानून र दण्डको कुरालाई संगै लिएर हामी बढ्नुपर्छ । नसर्ने रोगको जोखिम कम गर्नै पर्छ । सुर्तीजन्य पदार्थको सेवन दर न्युनिकरण गर्नै पर्छ । उनले सुर्ती उद्योगीहरुले सरकारले ल्याएको कानून विरुद्ध अदालतमा गएका कारण सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमुलक चित्र छाप्नुपर्ने व्यवस्थाको कार्यान्वयन हुन ढिलाई भएको आफूले बुझेको बताईन । उनले तर अब अदालतको आदेशपछि यसलाई छिटै कार्यान्वयन गर्ने योजनामा मन्त्रालय रहेको जानकारी दिईन् ।

यसैगरी इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थको रोक्नका लागि बनेका कानूनको कार्यान्वयन गर्नु आवश्यक रहेको बताए । उनले नसर्ने रोग सम्बन्धी बहुक्षेत्रीय कार्यायोजनामार्फत विभिन्न पक्षसंग छलफल गरी सुर्ती जन्य पदार्थ नियन्त्रण सम्वन्धी कामलाई समेत अघि बढाउन लागेको बताए ।

यसैबीच द युनियनका क्षेत्रीय निर्देशक डा तारासिंह बमले नेपालको सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कार्यक्रम सहि दिशामा अघि नबढेको बताएका छन् । उत्कृष्ट कानून हुँदा हुँदै पनि फितलो कार्यान्वयनका कारण कार्यक्रमले सही दिशा नलिएको उनको भनाई थियो । हामीले संसारकै सबैभन्दा राम्रो र शक्तिशाली कानून बनायौँ तर कार्यान्वयन पक्ष सबैभन्दा कमजोर भयो । यसले हाम्रो कार्यक्रम सहि दिसा लिनै सकेन ।

उनले कानून बनाउने राज्यले आफ्नो जिम्मेवारी र दायित्व के हो भनेर बुझ्न नसकेको वा नचाहेको बताए । सरकारी अधिकारीहरुले सुर्ती उद्योग बलियो भयो भन्न थालेको भन्दै त्यसो भए सरकार सुर्ती उद्योगीहरु भन्दा कमजोर भएको हो त भनेर प्रति प्रश्न समेत गरे ।

उनले ९० प्रतिशत चेतावनीमुलक चित्र नछापिएको, सुर्ती उद्योगको स्पोन्सरसीप नहटेको, सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने व्यवस्था पूर्ण कार्यान्वयन नभएको, खिल्ली चुरोट बेचबिखन कायमै रहेको लगायतका कानून विपरितका कार्यहरु भइ नै रहेको बताए । डा बलमे सुर्ती उद्योगीहरुले सरकारले ल्याउने कानूनलाई मुद्धा हालेर अलमल गराउन सक्ने संसारकै प्राक्टिस हो भन्दै बलियो सरकारले त्यो कुरालाई वेवास्ता गरेर कानून कार्यान्वयनमा अघि बढाउनु पर्ने बताए । नेपालमा ९० प्रतिशत चित्र छाप्ने व्यवस्था विरुद्ध परेको रिटको ८ बर्ष पछि फैसला आएको भन्दै त्यसको तत्काल कार्यान्वयन गर्न आग्रह गरे ।

कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले प्रत्येक वर्ष संसारमा ८० लाख मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गरेको भन्दै यसलाई यसको न्युनिकरणका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि