Health TV Online
Health TV Online
Health TV Online

विश्व दृष्टि दिवसको अवसरमा चित्रकला प्रतियोगिता

विश्व दृष्टि दिवसको अवसरमा चित्रकला प्रतियोगिता

काठमाडौं : विश्व दृष्टि दिवसको अवसर पारेर राजधानीमा चित्रकला प्रतियोगिता (आर्ट कम्पिटिसन) गरिएको छ।

काठमाडौं मेडिकल कलेजको अप्थाल्मोलोजी विभागको आयोजना र प्रोफेसनल सपोर्ट सर्भिस नेपालको सहयोगमा आयाेजित प्रतियोगितामा मेडिकल विद्यार्थी, नर्स एवं चिकित्सकहरू सहभागी थिए ।

‘आँखा स्वास्थ्य सबैका लागि’ नारालाई मुख्य विषयवस्तु बनाएर प्रतियोगिता गराइएको हो। चित्रकलामार्फत् आँखाको महत्त्व झल्काइएकाे आयोजक डा.सबिना श्रेष्ठले बताइन्।

प्रतियोगितामा उत्कृष्ट भएका तीन विद्यार्थी र तीन चिकित्सकलार्इ विश्व दृष्टि दिवस अर्थात् अक्टाेबर ११  मा हुने कार्यक्रममा  पुरस्कार  प्रदान गरिने जानकारी दिइयो।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा