चिकित्सा शिक्षा विधेयकमाथिको छलफल दशैँपछि
काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथिको छलफल प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले दशैँपछि मात्र गर्ने भएको छ।
संसद्को बर्खे अधिवेशन अन्त्य भएको र सांसदहरू आआफ्नो क्षेत्रमा गएकाले विधेयकको प्रतिवेदनलाई अन्तिम रूप दिन नसकेको समितिले बताएको हो।
विधेयकमाथि कुन कुन विषय परिमार्जन गर्ने भन्नेमा अझै नपुगेको भन्दै समितिकी सभापति जयपुरी घर्तीले अर्को संसद् अधिवेशनको पहिलो साताभित्रै विधेयक प्रतिवेदन संसदमा दर्ता गर्ने बताइन्।
सोमबार बसेको राष्ट्रिय चिकित्सा शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले सरोकारवालासँगको छलफल सकेपछि समिति र उपसमितिको बैठक अनिश्चितकालका लागि स्थगित गरेकाे जनाएको छ।
डा.गोविन्द केसी र सरकारसँग गत साउन १० गते भएको २२ बुँदे सहमति र विधेयक माथिको १३० वटा संशोधन प्रस्ताव माथि भएको छलफलका आधारमा प्रतिवेदन बन्ने र यसका लगि एक चरण फेरि मुख्य विषयमा छलफल हुने बताइएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’