गलत रिपाेर्ट दिने दुर्इ चिकित्सकलार्इ कारबाही सिफारिस
काठमाडौं : धनुषामा १२ वर्षीया बालिकामाथि भएको बलात्कार घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने जनकपुर अञ्चल अस्पतालका दुई चिकित्सकलाई कारबाही सिफारिस गरिएको छ।
धनुषाकी १२ वर्षीया बालिकामाथि भएको बलात्कार घटनामा स्वास्थ्य परीक्षणको गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतालका डाक्टरद्वय विजयकुमार सिंह र रमा गोइतलाई कारबाही गर्न सिफारिस भएको हो।
सोमबार महान्यायाधिवक्ता अग्नि खरेलको अध्यक्षतामा बसेको समन्वय समितिले उनीहरूलाई कारबाही गर्न मेडिकल काउन्सिललाई सिफारिस गरेको हो। समितिमा कानुनसचिव, गृहसचिव, स्वास्थ्यसचिवलगायत सदस्य छन्।
गत भदौ ८ मा बालिकामाथि बलात्कार भएको अध्ययन र घटनास्थलको मुचुल्काले देखाए पनि अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा सिंह र गोइतले बलात्कार नभएको रिपोर्ट दिएका थिए।
त्यसपछि बालिकाका परिवारले पुनः सिरहा जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो। सरकारी वकिलको कार्यालय धनुषाले जिल्ला अस्पताल सिरहामा बालिकाको स्वास्थ्य परीक्षण गराएको थियो। परीक्षणमा सिरहा अस्पतालले भने बालिकामाथि बलात्कार भएको रिपोर्ट दिएको थियाे।
धनुषा जनकनन्दनी गाउँपालिका–२ का करण मण्डलले २०७५ भदौ ८ मा बालिकालार्इ बलात्कार गरेका थिए। पुर्पक्षका लागि थुनामा रहेका मण्डलले अदालतसमक्ष अभियोग स्वीकार गरिसकेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’