Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

छाला प्रत्यारोपणबारे अनभिज्ञ छन् धेरै नेपाली

छाला प्रत्यारोपणबारे अनभिज्ञ छन् धेरै नेपाली

आगोले जलेर हानि गरेको छ भने त्यस्तो जलेको भागमा छाला प्रत्यारोपण गर्न सकिन्छ भन्ने धेरैलाई जानकारी नै छैन् ।  काठमाडौंको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालले लामो समयदेखि छाला प्रत्यारोपण सेवा दिँदै आएको छ । सतही पोलाइ आफैँ निको हुने भए पनि गहिरो गरी पोलेको भए शल्यक्रियाद्वारा जलेको छाला निकाली त्यो भागमा बिरामीको आफ्नै शरीरको अर्को भागबाट छाला निकालेर प्रत्यारोपण गर्न सकिन्छ । यसो नगरिए संक्रमण भई बिरामीको मृत्यु पनि हुन सक्छ ।

शरीरको चालिस प्रतिशत भन्दा धेरै भाग जलेको छ भने बिरामीको शरीरको छालाले जलेको भागलाई पुर्न नपुग्ने हुन्छ । यस्तो अवस्थामा आफन्तले छाला दान गरेमा बिरामीलाई बचाउन सकिन्छ । नेपालको कानुनअनुसार बिरामीको नातेदारबाट मात्र छाला लिन सकिन्छ । तर ज्युँदो मानिसको शरीरबाट छाला निकाल्दा भएको घाउ पाक्ने, पोल्ने, क्यान्सरसम्म भई ज्यानै जानसक्ने खतरा पनि हुन्छ । आगोले पोलेको बिरामीको ज्यान बचाउन अरु केही विकल्प नभेटिएको अवस्थामा मात्र आफन्तबाट छाला लिन उपयुक्त मानिन्छ ।

शरीरको एक तिहाइभन्दा बढी भाग गहिरो पोलेमा बिरामीको आफ्नो छालाले पोलेको भागलाई छोप्न पुग्दैन । यस्तो अवस्थामा अर्को व्यक्तिको छाला प्रत्यारोपण गर्नु सबैभन्दा उत्तम उपाय हो । त्यसैले छाला पोलेको मानिसको जीवन रक्षाका लागि छाला दान गर्न आवश्यक हुन्छ । आँखा दान गरेजस्तै कुनै पनि व्यक्तिको मृत्यु पछिको ६ घण्टाभित्र वा शव फ्रिजमा राखेको अवस्थामा चौबीस घण्टाभित्र छाला दान गर्न सकिन्छ । छालालाई विभिन्न जाँचपछि औषधिमा राखेर न्युन तापक्रममा पाँच वर्षसम्म भण्डारण गरेर राख्न पनि सकिने छालाराेग विशेषज्ञ डा शंकरमान राई बताउँछन् ।

पोलेकोे घाउमा आवश्यकताअनुसार छाला प्रत्यारोपण गरी बिरामीको जीवन बचाउन सकिन्छ । यसरी दान गरिएको छाला अरुलाई दिन मिल्ने मात्र होइन अरुले दान गरेको छालाले हाम्रो पनि ज्यान जोगाउन सक्छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार