जनस्वास्थ्य संघकाे अध्यक्षमा पेशागत समूहका भट्ट विजयी
काठमाडाैं : नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा पेशागत समूहका श्रीकृष्ण भट्ट विजयी भएका छन्। शनिबार भएको संघको निर्वाचनमा भट्ट ६०४ मत ल्यार्इ विजयी भएका हुन्।
उनका प्रतिद्वन्द्वी प्रगतिशील समूहका मोहनकृष्ण श्रेष्ठले ५२७ मत ल्याएका छन्। त्यस्तै पेशागतका कृष्णमान शाक्य ५४६ मत ल्यार्इ उपाध्यक्षमा विजयी भए। प्रत्यासी सुदर्शन पौडेलले ४१५ मत मत प्राप्त गरे।
महासचिवमा पेशागतकै महेश्वर श्रेष्ठ ५५६ मत ल्यार्इ विजयी भए भने प्रगतिशीलका दिपेन्द्र खड्का ५१३ मत ल्यार्इ सचिव चुनिए। कोषाध्यक्षमा पेशागतका विनोद जोशीले ६५० मतसहित विजयी भए।
१५ पदका लागि भएको संघकोनिर्वाचनमा पेशागत समूहले अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष सहकोषाध्यक्ष र ६ जना सदस्य सहित बहुमत पद जितेको छ। प्रगतिशील समूहले भने सचिव र तीन सदस्यमा जित हात पारेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण