Health TV Online
Health TV Online
Health TV Online

ललितपुरमा ४५ वर्ष माथिकालाई आजदेखि भेरोसेल खोप लगाइँदै

ललितपुरमा ४५ वर्ष माथिकालाई आजदेखि भेरोसेल खोप लगाइँदै

हेल्थ टिभी अनलाइन\ काठमाडौं : ललितपुर महानगरमा आजदेखि ४५ वर्ष माथिका उमेर समूहलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाइने भएको छ ।

ललितपुर महानगरले एक विज्ञप्ति जारी गर्दै आजदेखि तीन दिन आइतबारसम्म ४५ वर्ष र सो भन्दा माथिका उमेर समूहलाई भेरोसेलको पहिलो मात्रा लगाइने जनाएको हो ।

ललितपुर महाजगरका प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार खोप कार्यक्रम २९ वटै वडामा संचालन हुनेछ । उनले आफनो नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह समेत गरेका छन्। यसका साथै साउन १५, १६ र १७ गते भेरोसेल खोप लगाइकसेपछि १८ गते जोन्सन एण्ड जोन्सन खोप लगाइने पनि जनाइएको छ ।

खोप लगाउनका लागि आफनो उमेर खुल्ने परिचय पत्र अनिवार्य रुपमा लिएर जानुपर्नेछ । उता काठमाडौंमा हिजोदेखि अभियान सुरु भएको छ भने त्यहाँ ५० वर्ष माथिकालाई खोप लगाइँदैछ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार