काठमाडौंमा भोलिदेखि ५० वर्ष माथिका सबैलाई भेरोसेल खोप दिइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा भोलि बिहिबारदेखि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिइने भएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काका अनुसार चीनबाट ल्याइएको भेरोसेल खोप भोलिदेखि ५० वर्ष माथिका सबै नागरिक, विद्यालय तथा विश्व विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक सहचालक तथा खोप अनिवार्य गरिएका देशमा जाने नागरिकलाई खोप दिइने भएको हो । खोप अभियान भोलि साउन १४ देखि १८ गतेसम्म चल्नेछ । खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिकका लागि भने विरेन्द्र सैनिक अस्पताल छाउनी र नेपाल प्रहरी अस्पताल महाराजगंज तोकिएको छ ।
५० वर्ष माथिका व्यक्तिले आफनो उमेर खुल्ने परिचयपत्र देखाएर खोप लगाउन काठमाडौंका ३२ वडामा जान सक्नेछन् भने लक्षित समूहको हकमा आफूले काम गर्ने संस्थाले दिएको फोटोसहितको परिचय पत्र देखाएर खोप लगाउन सकिने खड्काले जनाए । यसका साथै विदेश जानेको हकमा भने भिसा र पासपोर्ट देखाउन सकिनेछ ।
अत्याश्यक सेवामा काम गर्ने कर्मचारीका लागि वीर अस्पताल, टेकु अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल तथा राधास्वामी आइसोलेसन सेन्टर तोकिएको छ ।
सरकारले चीन सरकारसँग ४० लाख डोज भेरोसेल खोप खरिद सम्झौता गरेको थियो । सोही बमोजिम खोप आउने क्रम जारी छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण