फेरि उकालो लाग्दै संक्रमण : २४ घण्टामा झण्डै ४ हजार नयाँ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर कोरोना संक्रमण फेरि उकालो लाग्ने क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर ३८ सय ३९ जना अर्थात झण्डै ४ हजार नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोे छ ।
हिजो ३४ सय २१ जनामा संक्रमण पुष्टि भएको थियो भने अस्ति आइतबार २२ सय ३७ जनामा संक्रमण देखिएको थियो । यो क्रम हेर्ने हो भने पनि दैनिक रुपमा संक्रमितको संख्या बढिरहेको छ । सक्रिय संक्रमितको संख्या बढेर २८ हजार ८३६ पुगेको छ ।
मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारी केही दिन यता कोरोना परीक्षण नै धेरै भएकाले धेरै संख्या देखिएको भए पनि संक्रमणदर पनि बढिरहेको बताउँछन्।उनले भने, ‘निषेधाज्ञा भइरहँदा पनि संक्रमण दर घट्नुको सट्टा झनझन बढ्दै गइरहेको छ यो सबैको लागि चिन्ताको विषय हो।’
यसैगरी आज २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ९ हजार ७५८ पुगेको छ । हाल ७ लाख ४२ हजार ८१७ जनामा कोरोना पुष्टि भएको छ । यीमध्ये ६ लाख ४७ हजार ७९ जना भने संक्रमणमुक्त भइसकेका छन्। मन्त्रालयका अनुसार अझै पनि ११ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण