विदेश जानेले काठमाडौंका यी दुई अस्पतालमा गएर खोप लगाउन सक्ने
हेल्थ टिभी अनलाइन \काठमाडौं : विदेश जानेले अबदेखि काठमाडौंको नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर कोरोना खोप लगाउन सक्ने भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने श्रमिक तथा विद्यार्थीले आफनो भिसा र पासपोर्ट देखाएर नेपाल प्रहरी अस्पताल र सैनिक अस्पताल गएर खोप लगाउन सक्ने जनाएको छ। विदेश जानेलाई सरकारले यसअघि नै कोरोना खोपको प्राथमिकताको सूचीमा राखेको छ ।
यसैगरी काठमाडौंको सामाखुशीस्थित राधास्वामी आइसोलेसन सेन्टर पनि स्थायी खोप केन्द्र बनेको छ । अब विभिन्न समयमा लक्षित समूहले स्वास्थ्य कार्यालयले तोके बमोजिम राधास्वामी आइसोलेसन सेन्टरमा गएर खोप लगाउन सक्ने मन्त्रालयले जनाएकाे छ ।






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित