Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

देशभर थप २२३७ जनामा कोरोना संक्रमण

देशभर थप २२३७ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २२ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ८३४ जनामा परीक्षण गर्दा २२ सय ३७ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ९ हजार ७१३ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ५० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार २२८ रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार