Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौं उपत्यकामा साउन २० गतेसम्म निषेधाज्ञा थप

काठमाडौं उपत्यकामा साउन २० गतेसम्म निषेधाज्ञा थप

हेल्थ टिभी अनलाइन \काठमाडौं:  काठमाडौं उपत्यकामा कोरोना नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञा साउन २० गतेसम्म जारी रहने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले कोरोना संक्रमण कम नभएकाले अझै १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

योसँगै अब साउन २० गतेसम्मनिषेधाज्ञा लागू हुनेछ । यसअघि जारी गरेको निषेधाज्ञाको समय आज राती १२ बजे सकिने भएपनि प्रमुख जिल्ला अधिकारीहरु बैठकल बसेर यस्तो निर्णय गरेका हुन्।

यसअघि जारी गरेको निषेधाज्ञाकै नियमहरु यसपटक पनि लागू हुने बताइएको छ । जस अनुसार स्कूल, कलेज, पार्टी, नाचघर, सिनेमाघर लगायतका बढी भिडभाड हुने स्थानहरु बन्द नै रहने छन्। सबै प्रकारका सभा -सम्मेलन, जुलुस आमसभालाई पनि बन्देज गरिएको छ ।

नेपालमा कोरोनको दोस्रो लहर आएपछि सरकारले यसलाई रोकथाम र नियन्त्रण गर्ने भन्दै गत वैशाख १६ देखि निषेधाज्ञा जारी गरेको थियो जुन अब साउन २० सम्म रहनेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार