Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आजदेखि चार अस्पतालबाट खोप कार्ड प्रमाणीकरण गरिने

आजदेखि चार अस्पतालबाट खोप कार्ड प्रमाणीकरण गरिने

हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना विरुद्धको खोप लगाएका सर्वसाधारणको खोप कार्ड प्रमाणीकरण आजबाट काठमाडौं उपत्यकाका चारवटा अस्पतालमा हुने भएको छ।

यसअघि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र प्रमाणीकरण हुँदै आएको थियो । त्यहाँ मात्र प्रमाणीकरण हुँदा भिड बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमाणीकरण गर्ने अस्पतालको संख्या बढाएको हो ।

मन्त्रालयले शुक्रराज अस्पतालसहित मिनभवनमा रहेको निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल र बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण गर्ने निर्णय गरेको छ ।

विदेश जानका लागि कोरोना विरुद्धको खोप लगाएको खोप कार्ड प्रमाणीकरण चाहिने भएपछि विदेश जानेहरु खोप प्रमाणीकरणका लागि अस्पताल धाइरहेका छन् ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार