नेपालमा अझै पनि कोरोनाको उच्च संक्रमण दर, आज परीक्षण गरिएकामध्ये २२ प्रतिशतमा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा २८३८ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा संक्रमितको संख्या केही कम भएको जस्तो देखिए पनि अझै पनि कोरोनाको संक्रमण दर उच्च रहेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण गरिएकामध्ये २२ प्रतिशतमा कोरोना पुष्टि भएको हो । उनले कोरोना संक्रमण दर औषतमा १९ प्रतिशत रहेको भए पनि केही दिन यता संक्रमण दर बढेको जनाए । उनले आज परीक्षण गरेकोमध्ये २२ प्रतिशतलाई कोरोना संक्रमण पुष्टि भएको बताए ।
यसैगरी कोरोनाको संक्रमण दर सुदूरपश्चिममा ४८ दशमलब २ प्रतिशत र कर्णाली प्रदेशमा ४६ प्रतिशत रहेको पाइन्छ । डा अधिकारीले सुदूरपश्चिममा हरेक दुई जनामध्ये एक जनामा कोरोना देखिएको बताए । हाल देशभर २६ हजार ८२५ जना सक्रिय संक्रमित रहेका छन्।
आज देशभर २८ सय ३८ जनामा कोरोना पुष्टि भएको छ भने ३० जनाको मृत्यु भएको छ ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने