नेपालमा अझै पनि कोरोनाको उच्च संक्रमण दर, आज परीक्षण गरिएकामध्ये २२ प्रतिशतमा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा २८३८ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा संक्रमितको संख्या केही कम भएको जस्तो देखिए पनि अझै पनि कोरोनाको संक्रमण दर उच्च रहेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण गरिएकामध्ये २२ प्रतिशतमा कोरोना पुष्टि भएको हो । उनले कोरोना संक्रमण दर औषतमा १९ प्रतिशत रहेको भए पनि केही दिन यता संक्रमण दर बढेको जनाए । उनले आज परीक्षण गरेकोमध्ये २२ प्रतिशतलाई कोरोना संक्रमण पुष्टि भएको बताए ।
यसैगरी कोरोनाको संक्रमण दर सुदूरपश्चिममा ४८ दशमलब २ प्रतिशत र कर्णाली प्रदेशमा ४६ प्रतिशत रहेको पाइन्छ । डा अधिकारीले सुदूरपश्चिममा हरेक दुई जनामध्ये एक जनामा कोरोना देखिएको बताए । हाल देशभर २६ हजार ८२५ जना सक्रिय संक्रमित रहेका छन्।
आज देशभर २८ सय ३८ जनामा कोरोना पुष्टि भएको छ भने ३० जनाको मृत्यु भएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित