मंगलबार काठमाडौंमा २३ हजार ८२६ जनाले लगाए जोन्सन एण्ड जोन्सन खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : मंगलबार अभियानको दोस्रो दिन काठमाडौंमा २३ हजार ८२६ जनाले कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएका छन्।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काका अनुसार मंगलबार काठमाडौंमा २३ हजार ८२६ जनाले जोन्सनको खोप लगाएका हु्न्। सोमबारबाट ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगता भएका व्यक्तिहरु, नेपालमा बसोबास गर्ने शरणार्थीहरु, जोन्सन खोप नै अनिवार्य गरेका देशमा जाने नेपाली र यसअघि छुटेका स्वाथ्यकर्मीलाई खोप दिन सुरु गरिएको हो ।
अमेरिका सरकारले सहयोग स्वरुप दिएको उक्त खोप पहिलो दिन १९ हजार ६७१ जनाले लगाएका थिए । जोन्सन एण्ड जोन्सन खोप एक डोज मात्र लगाए पुग्छ । खोप अभियान आजसम्म जारी रहने बताइएको छ ।
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’