Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य सचिव डा रोशन पोखरेलले गरे पदभार ग्रहण

स्वास्थ्य सचिव डा रोशन पोखरेलले गरे पदभार ग्रहण

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य सचिव डा रोशन पोखरेलले पदभार ग्रहण गरेका छन्।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा पोखरेल हिजो मात्र सचिवमा बढुवा भएका थिए । पदभार ग्रहण गर्दै डा पोखरेलले सरकारको पहिलो प्राथमिकता अहिले कोरोना विरुद्धको खोप भएकाले आफूले पनि त्यसलाई नै प्राथमिकतामा राखी कोरोनाको उपचार र रोकथाम तथा खोपको व्यवस्थापनमा लाग्ने बताए ।

उनी यसअघि मन्त्रालयमै १२ औं तहमा प्रमुख विशेषज्ञ भएर काम गरिरहेका थिए । सचिवका लागि उनीसहित तीन जना प्रमुख विशेषज्ञको नाम मन्त्रीपरिषदमा गएको थियो ।

उनले पदभार ग्रहण गर्दै एन्टिवायोटिक औषिधको दुरुपयोग रोक्ने विषयको फाइलमा हस्ताक्षर गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार