Health TV Online
Health TV Online
Health TV Online

नेपालमा कोरोनाबाट निको हुने दर ९४ दशमलब ७ प्रतिशत

नेपालमा कोरोनाबाट निको हुने दर ९४ दशमलब ७ प्रतिशत

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९४ दशमलब ७ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमण भएर निको हुने दर ९४ दशमलब ५ प्रतिशत रहेको हो ।

यसैगरी देशमा कोरोना संक्रमण भएर मृत्यु हुने दर १ दशमलब ४३ प्रतिशत रहेको पाइएको छ । उता ४ दशमलब ४ प्रतिशत सक्रिय कोरोना संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।

हालसम्म नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणबाट ६ लाख ६४ हजार ५७६ र एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट ४७ हजार ७९७ रहेको छ । यीमध्ये ६ लाख २८ हजार २४३ जना भने संक्रमणमुक्त भएका छन्। अहिलेसम्म कोरोना संक्रत्रमण भएर ९ हजार ५२७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार २७ लाख ६५ हजार ७०९ जनाले पहिलो मात्रा कोरोना खोप लगाएका छन् भने ११ लाख २० हजार २८२ जनाले दोस्रो डोज खोप लगाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार