काठमाडौंमा ४ दिनमा १ लाख ४८ हजारले लगाए कोरोना विरुद्धको भेरोसेल खोप
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौंमा ४ दिनमा झण्डै डेढ लाखले कोरोना विरुद्धको भेरोसेल खोप लगाएका छन्।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काका अनुसार असार २९ देखि साउन १ गतेसम्म १ लाख ४८ हजार ३३४ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका हुन्। खोप अभियानको पहिलो दिन १३ हजार ६६३, दोस्रो दिन ४३ हजार ४५८, तेस्रो दिन ५८ हजार ६२० र चौंथो दिन ३२ हजार २५५ जनाले खोप लगाएको खड्काले जानकारी दिए ।
चीन सरकारसँग खरिद गरिएको भेरोसेल खोप असार २९ गतेदेखि साउन २ गतेसम्म लगाउन मिति तोकिएको भए पनि खोप अभाव भएपछि काठमाडौंमा एकदिन अगावै अभियान स्थगित गरिएको छ । काठमाडौंका लागि १ लाख ५७ हजार ४सय डोज खोप उपलब्ध भएको थियो । ५० केन्द्रबाट खोप अभियान चलाइएको भए पनि खोप लगाउनेको लाइन भने निकै भिडभाड थियो । पछिल्लो समय कोरोना खोप हरेक देशहरुले अनिवार्य जस्तै गरेपछि यतिबेला खोप लगाउनका लागि तछाँडमछाँड गरेको पाइएको छ । जसका कारण खोप केन्द्रमा मानिसहरुको असाध्यै भिड बढेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण