चीनले नेपाललाई थप १६ लाख खोप अनुदानमा दिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : चीनले नेपाललाई थप १६ लाख कोरोना विरुद्धको भेरोसेल खोप अनुदानमा उपलब्ध गराउने भएको छ । नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् ।
यसअघि पनि चीन सरकारबाट अनुदानमार्फत दुई चरणमा गरी १८ लाख डोज कोरोना खोप आइसकेको छ । यसैगरी सरकारले थप ४० लाख डोज खोप खरिदका लागि नन डिस्क्लोजर सम्झौता गरेको छ । जसअन्तर्गत आठ लाख डोज खोप आइसकेको छ ।
प्रधानमन्त्रीसँगको भेटमा चिनियाँ राजदूतले कोरोना महामारीविरुद्धको लडाइँमा चीनले नेपाललाई निरन्तर सहयोग गर्ने आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण