काठमाडौं उपत्यकामा साउन १० गतेसम्म थपियो निषेधाज्ञा
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा जारी गरेको छ ।
उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा अझै पनि कोरोना संक्रमण दर कम नभएको भन्दै पुन १० दिन निषेधाज्ञा थप्ने निर्णय गरेका हुन्। यसपटक केही खुकुलो गर्दै १० दिन निषेधाज्ञा जारी गरिएको छ ।
अबदेखि पसलहरु साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ भने सवारी साधनको हकमा भने पुरानै नियम लागू हुनेछ । लामो दूरीका सवारीसाधन भने अझै पनि खुलेका छैनन्। यसैगरी काठमाडौं उपत्यका प्रवेश गर्नका लागि अबदेखि पास नचाहिने भएको छ ।
विश्वविद्यालयका परीक्षा स्वास्थ्यका मापदण्ड पालना गर्दै २५ जनासम्म राखेर लिन पाइनेछ । सेमिनार गोष्ठीहरु सकेसम्म भर्चुअल रुपमा गर्ने र भौतिक रुपमा जम्मा भएर गर्नै परेमा २५ जनाभन्दा बढी नराखेर स्वास्थ्यका मापदण्ड पालना गरेर गर्न सकिने भएको छ ।
काठमाडौं जिल्ला प्रशासनको आदेश अनुसार औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरु भने जुनसुकै समयमा पनि सञ्चालन गर्न पाउनेछन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण