Health TV Online
Health TV Online
Health TV Online

विपन्न परिवारले लिए सरकारी उपचार सेवा

विपन्न परिवारले लिए सरकारी उपचार सेवा

घोराही : सरकारले  ल्याएकाे विपन्न परिवारलक्षित उपचार सेवाबाट दाङका  ५४० लाभान्वित भएका छन्। याे २०७४\७५ देखि चालू आर्थिक वर्षको असोज पहिलो सातासम्म जिल्ला जनस्वास्थ्य कार्यालयबाट उपचार लिनेकाे संख्या हाे।

कार्यालयले देशभरका विभिन्न अस्पताललाई सूचीकृत गरी क्यान्सर, ब्रेन ट्युमर, मुटुरोग, अल्जाइमर, थालेसिमिया, मिर्गौला, सिकलसेल, स्पाइनल इन्जुरीलगायत रोगका बिरामीलाई उपचारको लागि सिफारिश गर्ने गरेको छ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रशासन शाखा अधिकृत मीनराज पाण्डेका अनुसार अल्जाइमरका एक जना, क्यान्सरका २००, थालेसिमियाको एक, ब्रेन ट्युमरको पाँच, मुटु रोगको ७८, मिर्गौलाको ६१, सिकलसेलको ३६, स्पाइनल इन्जुरीको आठ तथा हेडइन्जुरीको १२ बिरामीको उपचार गरिएको छ। उपचार गराउनेमा २९४ पुरुष र २४६ महिला रहेका छन्।

बिरामीले कम्तीमा एक लाख रूपैयाँसम्मको निःशुल्क उपचार सेवा पाउने गरेको शाखा अधिकृत पाण्डेले बताए। सो उपचार पाउन आफू बसिरहेको स्थानीय तहबाट विपन्न परिवार भएको सिफारिस, नागरिकता, जिल्ला बाहिरबाट आएको भए बसाइँसराइको कागज, बालबालिकाको भए जन्मदर्ता, अभिभावकको नागरिकता, रोग पहिचान भएको अस्पतालको सिफारिशसहितको कागजात आवश्यक पर्छ । ती सबै कागजपत्र जिल्ला जनस्वास्थ्य कार्यालयमा बुझाएपछि तोकिएको र पाएक पर्ने अस्पतालबाट बिरामीले निःशुल्क उपचार गराउन सक्ने व्यवस्था छ ।

हाल सरकारले निःशुल्क उपचारका लागि काठमाडौँस्थित वीरअस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कान्ति बाल अस्पताल काठमाडौँ, गङ्गालास राष्ट्रिय हृदय केन्द्र बासबारी, निजामती कर्मचारी अस्पताललगायतका देशभरका ७६ स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ ।

दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अञ्चल अस्पताल पनि सरकारको सूचीकृत स्वास्थ्य संस्थामा छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा