५० देखि ५४ वर्ष उमेर समूहलाई साउन ४ गतेदेखि ‘जोन्सन एण्ड जोन्सन’ खोप दिइने
काठमाडौंमा तोकियो ४४ केन्द्र
हेल्थ टिभी अनलाइन\ काठमाडौं : अमेरिकाले सहयोग स्वरुप दिएको कोरोना विरुद्धको ‘जोन्सन एण्ड जोन्सन’ खोप काठमाडौंमा साउन ४ गतेदेखि लगाउन सुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असार २८ गते बसेको बैठकको निर्णय अनुसार ५० देखि ५४ वर्ष समूहका नागरिकलाई साउन ४ देखि ६ गतेसम्म जोन्सन एण्ड जोन्सन खोप दिन लागिएको हो ।
यो एक डोज मात्र दिए पुग्ने बताइएको छ । अमेरिकाबाट सोमबार जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो ।
यसैगरी अपांगता भएका व्यक्ति, नेपालमा बसोबास गर्दै आएका शरणार्थी, र यसअघि खोप लगाउन छुटेको स्वास्थ्यकर्मी र सुफाइकर्मीलाई पनि खोप दिने निर्णय भएको मन्त्रालयले जनाएको छ । खोपका लागि ४४ वटा केन्द्र तोकिएका छन्।
आजबाट ५५ वर्षमाथिका उमेर समूहलाई भेरोसेल खोप पनि दिन सुरु गरिएको छ। त्यही केन्द्रबाट नै जोन्सन एण्ड जोन्सन खोप दिइनेछ ।
उपत्यकाबाहिरको हकमा भने खोप केन्द्रहरुमा खोप पुगे लगत्तै सुरु गरिने मन्त्रालयले जनाएको छ ।







किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण