Health TV Online
Health TV Online
Health TV Online

वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन

वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन

हेल्थ टिभी अनलाइन \काठमाडौं : वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको आज उदघाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान नवनिर्मित सर्जिकल भवनको उद्घाटन गरेका हुन् । उक्त अत्याधुनिक भवनको २०७४ फागुन २५ गते प्रधानमन्त्री ओलीले नै सिलान्यास गरेका थिए ।

वीर अस्पताल अहिले कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालको रुपमा सञ्चालित छ। अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतमले कोभिड १९ महामारीका बाबजुद् पनि अस्पतालको भवन तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको जनाए । यो भवनमा अब एक सय आइसीयूसहित ५ सय बेडको वार्ड सञ्चालन हुनेछ ।

डा  गौतमले नयाँ भवन सञ्चालनमा आएसँगै अस्पतालको स्तरोन्नती गर्दै अघि बढने बताए । वीर अस्पतालमा अहिले दुईवटा अक्सिजन प्लान्ट र एउटा लिक्वीड अक्सिजन प्लान्ट जडान भएको छ । नयाँ भवन बनेसँगै कोरोनाको तेस्रो लहर सामना गर्नका लागि सहयोग पुग्ने समेत जनाइएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार