ललितपुरमा आज र भोलि भेरोसेल खोपको दोस्रो डोज लगाइँदै
हेल्थ टिभी अनलाइन \ललितपुर : ललितपुर महानगरपालिकामा आज र भोलि कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ ।
महानगरले विज्ञप्ति जारी गर्दै ६० देखि ६४ वर्ष सम्मका जेष्ठ नागरिकलाई आज र भोलि दुई दिन भेरोसेलको दोस्रो मात्रा लगाइने जनाएको छ । यसका लागि २९ वटा वडामा नै खोप केन्द्र तय गरिएको छ । खोप लगाउनका लागि पहिलो डोज खोप लगाएको कार्ड अनिवार्य ल्याउन समेत आग्रह गरिएको छ ।
यसभन्दा अघि भेरोसेलको पहिलो डोज लगाएर विभिन्न कारणले खोप लगाउन छुट भएकालाई पनि खोप दिइने महानगरले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण