दाँत तथा मुख स्वास्थ्यका लागी संघीय अस्पताल स्थापना सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
हेल्थ टिभी अनलाइन \काठमाडौं : दाँत तथा मुख स्वास्थ्सम्बन्धी रोगको उपचारका लागी संघीय अस्पताल स्थापना गर्ने विषयमा सरोकारवालाहरुबीच छलफल भएको छ। काठमाडौंमा स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखाले सरोकारवाला र विज्ञहरुसँगको एक दिने कार्यशाला गोष्ठी गरेको हो।
गोष्ठीमा संघीयताको मर्मलाई आत्मसात गर्दै दाङ वा हेटौँडामा संघीय अस्पताल स्थापना गर्ने विषयमा छलफल भएको थियो । छलफलमा स्थानीय जनप्रतिनिधि, उपलब्ध जनशक्ति तथा मेडिकल ब्याकअप भएको स्थान छनौट गर्न सुझाव आएको आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखा प्रमुख डा प्रकाश बुढाथोकीले जानकारी दिए। उनले संघीयतामा देश गइसकेकाले त्यही अनुसार संरचना बन्नुपर्नेमा जोड दिएका थिए ।
कार्यशाला गोष्ठीको उदघाटन सत्रको अध्यक्षता उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. पवनजंग रायमाझीले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहले यो दिन ऐतिहासिक बन्न सकोस भन्ने शुभकामना दिदै अस्पताल स्वतन्त्र भएपनि स्वास्थ्यका अन्य बिद्याहरुसंग एकिकृत गर्दे लानुपर्नेमा जोड दिए । यसैगरी डा. रायमाझीले एकिकृत हुन नसकेको तथा ओझेलमा परेको यस दाँत तथा मुख सेवा स्वास्थ्यका तल्ला तहदेखी नै शुरु गर्दे संघीय अस्पताल एक रिफरल अस्पताल बन्ने गरी निचोड निकाल्न सुझाव तथा शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा संघीय दन्त अस्पताल कम्तीमा १ सय डेन्टल चेयर र प्रादेशिक दन्त अस्पताल ५० डेण्टल चेयर भएको दाँत तथा मुख रोग अस्पताल खोल्न सुझाव आएको डा बुढाथोकीले जनाए । अस्पतालले रोकथाम, उपचारात्मक,पुनस्थापना सवै दन्त सेवा एकै छानाबाट दिनुपर्ने सुझाव पनि आएको बताइएको छ ।
महाशाखाको आबको स्विकृत कार्यक्रमअनुसार प्राविधिक कार्य समुहको सुझावअनुसार काठमाण्डौ उपत्यका, दाङ, पोखरा र चितवनमा संभाव्यता अध्ययन गरिएको थियो । प्राविधिक कार्य समुहको बिज्ञहरुमा पुर्व स्वास्थ्य सचिव प्राडा प्रविण मिश्र,डा. शुसिल कोईराला र प्रा. डा. शुरजराम भक्त माथेमा छन्। शाखा प्रमुख डा. प्रकाश बुढाथोकीको अध्यक्षतामा सञ्चालित समापन कार्यक्रममा सहभागीको तर्फबाट न्याम्स वीर अस्पतालका डा. किशोर भण्डारी र किष्ट मेडिकल कलेजका सिजन पौड्यालले आफना कुराहरु राखेका थिए ।
कार्यशाला गोष्ठीमा नेपालगन्ज, कान्तिपुर, किष्ट, नेपाल,पीपल्स डेन्टल कलेज, न्याम्स, पाटन, पोखरा प्रतिष्ठान, नीजि डेण्टल अस्पताल, सैनिक, शसस्त्र, प्रहरी, बीर,भरतपुर, भक्तपुर लगायतका अस्पतालमा कार्यरत ३० जना कन्सल्टेण्ट दन्त चिकित्सकहरु र सरोकारवालाको सहभागिता थियो ।




डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित