Health TV Online
Health TV Online
Health TV Online

बीएण्डसीको अनुगमनमा गएको टोलीले प्रतिवेदन बुझाउन मानेन, आयोगका उपाध्यक्ष गिरी समस्यामा

बीएण्डसीको अनुगमनमा गएको टोलीले प्रतिवेदन बुझाउन मानेन, आयोगका उपाध्यक्ष गिरी समस्यामा

हेल्थ टिभी अनलाइन\ काठमाडौं : चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा गिरी आफैले गरेको कामको परिणाम स्वरुप आफै समस्यामा परेका छन। डा गिरी आफैले झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेजको अनुगमन गर्न पठाएको टोलीले अनुगमन प्रतिवेदन बुझाउन नसक्ने भन्दै पछि हटेपछि उनी समस्यामा परेका हुन्।

अनुगमन समितिका विज्ञ डा भोजराज अधिकारीले आयोगलाई पत्र लेख्दै आफूले प्रतिवेदन बुझाउन नसक्ने जानकारी दिएका छन् । त्यसो त यसअघि नै अनुगमन संयोजक प्राडा प्रकाशराज पाण्डेले टोलीका सदस्य डा भोजराज अधिकारी आयोग उपाध्यक्ष र बीएण्सी सञ्चालक दुर्गा प्रसाईको गाली बेइज्जती मुद्दामा गिरीका तर्फबाट साक्षी बसेको हुनाले कन्फेक्ट अफ इन्ट्रेस्ट हुने भन्दै अनुगमन प्रतिवेदन दिन नसक्ने जनाएका थिए । डा पाण्डेसँगै विज्ञ डा ले पनि प्रतिवेदन बुझाउन नसक्ने भन्दै हात झिकेपछि डा गिरी यतिबेला तनावमा आएका छन्।

डा अधिकारीले आयोगलाई लेखेको पत्रमा भनिएको छ , ‘डा श्रीकृष्ण गिरी र दुर्गा प्रसाईसँग मेरो कुनै लिनु दिनु छैन् । मेरो कनफेक्ट अफ इन्ट्रेस्ट नहुँदा नहुँदै पनि विभिन्न मिडियामा मेरो नाम जोडिएकाले नैतिकताका आधारमा सो अनुगमन टोलीबाट भए गरेका काममा मेरो कुनै संलग्नता नरहने र प्रतिवेदन बुझाउन नसक्ने व्यहोरा अनुरोध गर्दछु ।’

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार