विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो
हेल्थ टिभी अनलाइन : विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ । वर्ल्डोमिटरका अनुसार बिहिबारसम्म विश्वभर ४० लाख १७ हजार ८८छ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
हालसम्म १८ लाख ५ करोड ८५ लाख ७ हजार १४० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यीमध्ये १७ करोड १० लाख ३ हजार ६४८ जना भने संक्रमणमुक्त भइसकेको जनाइएको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको देखिन्टछ । वर्ल्डोमिटरका अनुसार अमेरिकामा हालसम्म ३ करोड ४६ लाख ४३ हजार ९०२ जनामा कोरोना पुष्टि भएको छ भने ६ लाख २१ हजार ८७३ जनाको मृत्यु भइसकेको छ ।
यसैगरी भारतमा पनि ३ करोड ७ लाख ९ हजार ५५७ जनामा संक्रमण पुष्टि भएको छ । ४ लाख ५ हजार २८ जनाको मृत्यु भएको छ । अमेरिका र भारतपछि ब्राजिल, फ्रान्स, रसियामा क्रमस धेरै संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण