सुर्तीजन्य पदार्थका कारण नसर्ने रोगको भार बढेकोमा विज्ञहरुको चिन्ता, कानून कार्यान्वयनमा जोड दिन आग्रह
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण नसर्ने रोगको भार बढेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। मंगलबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य पत्रकार मञ्चले संयुक्त रुपमा गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन्।
कार्यक्रममा परिषद्का कार्यकारी प्रमुख डा प्रदिप ज्ञवालीले नसर्ने रोग बढ्नुमा सुर्तीजन्य पदार्थ पहिलो कारण भएको भन्दै यसलाई कम गर्नका लागि सबैको पहल आवश्यक भएको र यसमा अध्ययन अनुसन्धान गरेर जनमानसमा यसकोवारेमा जनचेतना फैलाउन आवश्यक भएको बताए । उनले परिषद्ले सुर्नीजन्य पदार्थ र नसर्ने रोगलाई लिएर अनुसन्धान गरेको र यसले सानै उमेरमा सुर्तीजन्य पदार्थको सेवन गर्नेको संख्या बढेको समेत जनाए ।
छलफल कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले अबको दश वर्षमा नसर्ने रोग बालबालिकामा ठूलो समस्याका रुपमा आउन सक्ने भन्दै त्यसका लागि अहिलेदेखि नै काम गर्न सुरु गर्नुपर्ने जनाए । उनले पहिले पहिले बुढेसकालमा लाग्ने भनिने मुटुरोग अहिले २० \२२ वर्षमै देखिन थालेको भन्दै यसको प्रमुख कारण नै ‘स्मोकिङ’ रहेको बताए ।
उता मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराईले पनि अहिलेका प्लस टु पढ्ने युवाहरु नै चुरोटको लतमा फसेको र यसमा कहींकतै बाबुआमा पनि जिम्मेवार हुन सक्ने जनाइन्। उनले बाबुआमाले पनि छोराछोरीलाई प्रसस्त समय दिन नसक्दा यसले उनहिरुलाई कुलततिर लगेको हुनसक्ने भन्दै त्यसतर्फ पनि ध्यान दिन जरुरी रहेको जनाइन्। उनले भनिन्, ‘कोरोना प्यान्डामिक त छँदै थियो फेरी त्यसमाथि अहिले कोरोनामा प्रयोग गरिने स्टेरोइड र बढी तनावका कारण मधुमेह बढेर आउनेको संख्या पनि बढेको छ ।’
छलफल कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले सुर्तीजन्य पदार्थका कारण क्यान्सर हुनेको संख्या दिन प्रतिदिन बढिरहेको भन्दै यसलाई कम गर्न केही एक्स्ट्रा गर्नुपर्ने जनाए । उनले सुर्तीजन्य पदार्थको लत छुटाउने अहिले कोरोनाको बेला सही समय भएको भन्दै यसलाई सुर्तीजन्य पदार्थ छोड्ने अवसरका रुपमा लिन सकिने जनाए । उनले भने, ‘अहिले लकडाउनका कारण धेरै जना घरभित्र छन् सजिलै पसलहरु नखुल्दा यी पदार्थ पाउन सहज छैन्। यही बेला सरकार र सरोकारवाला निकायले ‘क्विट टोबाको’ क्याम्पियन चलाउने हो भने निकै प्रभावकारी हुनसक्छ ।’ उनले कोरोना संक्रमितलाई पनि पहिलो सर्त नै चुरोट छोड्न भन्न सकिन्छ । यसो गर्दा यो समय धेरै जनालई सुर्तीजन्य पदार्थको लत छुटाउन सकिन्थ्यो, उनले भने ।
यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले नेपालमा सुर्तीजन्य पदार्थसम्बन्धी कानून राम्रो भएको र सुर्तीजन्य नियन्त्रणमा कामहरु पनि भएको भन्दै कानून कार्यानवर्यनमा भने केही समस्या देखिएको जनाए । उनले भने, ‘कामै भएन भन्ने हैन् तर अझै धेरै काम गर्न भने बाँकी छ । सबैले कानून कार्यानवर्यनमा दबाब दिएर मैले पालना गर्नुपर्छ भन्ने सोच्न पर्ने उनको भनाई थियो ।’
मन्त्रालयकै कानून उपसचिव मान बहादुर बस्नेतले नेपालमा बनेका कानूनहरु उत्कृष्ट भएको भए पनि कार्यान्वर्यनमा समस्या भएको जिकीर गरे । उनले टोबाको कर बढाउनेदेखि कसरी लत छुटाउने भन्ने विषयमा कामहरु भइरहेको समेत जानकारी दिए ।
हेल्थ इकोनोमिस्ट डा देवी प्रसाइँले सरकारले वर्षेनी सुर्तीको कर १८ अर्ब उठाउने गरेको र सुर्तीजन्य पदार्थको सेवनका कारण हुने रोगका लागि ४०अर्ब खर्च गरिरहेको भन्दै कर बढाउनुको विकल्प नभएको बताए ।
उता एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले नेपालमा सुर्ती कम्पनीहरुले सामाजिक उत्तरदायित्वको नाममा सार्वजनिक पदमा बस्नेहरुलाई प्रभावमा पार्ने गरेको जनाए । चन्दले सार्वजनिक पद धारण गर्नेहरुले यस्ता कुरा बुझ्नपर्ने उनको भनाई थियो । स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष राम प्रसाद न्यौपानेले नेपालमा सुर्तीजन्या पदार्थ नियन्त्रणका लागि शुरुका दिनदेखि नै स्वास्थ्य पत्रकारहरुले साथ दिइरहेको जनाएका थिए ।
कार्यक्रममा सुर्तीजन्य पदार्थ विरुद्धका अभियन्ता, विज्ञ चिकित्सक, अनुसन्धानकर्ता तथा पत्रकारहरुको उपस्थिती थियो ।
े





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित