नेपाल औषधि उत्पादक संघद्धारा स्वास्थ्य मन्त्रालयलाई ४० लाख बराबरको औषधि सहयोग
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल औषधि उत्पादक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ४० लाख मूल्य बराबरको अत्यावश्यक औषधि सहयोग गरेको छ।
संघले प्राकृतिक प्रकोप एवं बाढी प्रभावित क्षेत्रका लागि स्वास्थ्य मन्त्रालयलाई अत्याश्वयक औषधिहरु सहयोग गरेको हो। आइतबार संघका अध्यक्ष जी नारायण बहादुरक्षेत्रीले मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई उक्त औषधि हस्तान्तरण गरेका छन्। सिटामोल, एजिथ्रोमाइसिन लगायतका १४६ प्रकारका औषधि मन्त्रालयलाई हस्तान्तरण गरिएको संघका अध्यक्ष क्षेत्रीले जानकारी दिए ।
५० वटा नेपाली औषधि कम्पनीले उक्त औषधि सहयोग गरेका हुन्। विपदका समयमा आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर स्वास्थ्यमन्त्रालयमार्फत देशभरका बाढी प्रभावितका लागि सो औषधि सहयोग गरिएको संघका महासचिव विप्लव अधिकारीले बताए ।
औषधि हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव अर्यालले अप्ठेरो पेरेका बेला नेपाली औषधि कम्पनीहरुले गरेको सहयोगका लागि धन्यवाद दिंदै यी औषधिहरु आवश्यकता अनुसार बाढी प्रभावित क्षेत्रमा पठाइने जनाए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित