दश बुँदे घोषणापत्र जारी गर्दै स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन सम्पन्न
हेल्थ टिभी अनलाइन \काठमाडौं : ‘जनस्वास्थ्य संकटको बेला अनुसन्धान : नीति र कार्यान्वर्यनको लागि प्रमाण’ भन्ने नाराका साथ सुरु भएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौं शिखर सम्मलेन आज १० बुँदे घोषणापत्र जारी गरी सम्पन्न भएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हरेक वर्ष गर्ने सम्मेलन आज दोस्रो दिन घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । कोरोना महामारीका कारण यसपटक भर्चुअल रुपमा गरिएको शिखर सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या क्षेत्रका स्वदेशी तथा विदेशी वैज्ञानिकहरु अनलाइनमार्फत जोडिएका थिए ।
सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित विषयमा अनुसन्धानकर्ताकहरुको आफ्नो खोज तथा अनुसन्धानकावारेमा ४७ वटा अनुसन्धानमूलक कार्यहरुको मोखिक प्रस्तुती, १९ पोस्टर प्रस्तुती तथा २४ वटा आमन्त्रित प्रस्तुतीकरण रहेको थियो ।
समापनको दिनमा विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत पनि गरिएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित