Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

थप २२९९ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

थप २२९९ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा थप २२ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १० हजार ५९६ जनाको कोरोना परीक्षण गर्दा थप २२ सय ९९ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा देशभर ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ९ हजार १७९ पुगेको छ । यसैगरी आज ३४ सय ५१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल नेपालमा कोरोना संक्रमण भएर निको हुने दर ९४ प्रतिशत रहेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ६ लाख ४२ हजार ५३ रहेको छ । यो पीसीआर विधीबाट गरिएको परीक्षणमा देखिएको मात्र संख्या हो । एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ३६ हजार ७५५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । अहिले देशभर सक्रिय कोरोना संक्रमितको संख्या २९ हजार २७४ रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार