देशभर ६२९ जना संक्रमितको आइसीयूमा र १८१ जनाको भेन्टिलेटरमा उपचार हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर हाल ६२९ जना कोरोना संक्रमितको आइसीयूमा र १८१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल सक्रिय संक्रमित ३१ हजार ३६८ भएकोमा ६२९ जना आइसीयूमा र १८१ जना भेनिटलेटरमा रहेका हुन्। यसैगरी २८ हजार ३७४ जना होम आइसोलेसनमा रहेका छन्। २ हजार ९९४ जना मात्र संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्यामा क्रमस कमी आउन थालेको छ जसका कारण आइसीयूमा र भेन्टिलेटरमा पनि संक्रमितको संख्या घटेको हो ।
तर मन्त्रालयका अनुसार संक्रमणदरमा भने खासै कमी आएको छैन्। हालसम्म नेपालमा ६ लाख ४० हजार ६६२ जनामा कोरोना पुष्टि भएको छ । यीमध्ये ६ लाख १४९ जना भने निको भइसकेका छन्। कोरोना संक्रमण भएर ९ हजार १४५ जनाको मृत्यु भएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित