२४ घण्टामा १० हजार ९८५ परीक्षण, २७६० जनामा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर२७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १० हजार ९८५ जनामा कोरोना परीक्षण गर्दा २७ सय ६० जनामा संक्रमण देखिएको हो ।
यसैगरी गत २४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ९ हजार १४५ पुगेको छ । उता गत २४ घण्टामा ४ हजार १७ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । हालसम्म पीसीआर विधिबाट परीक्षण गरिएकोमा ६ लाख ४० हजार ६६२ जनामा कोरोना पुष्टि भएको छ भने एन्टिजेनबाट गरिएको परीक्षणमा ३५ हजार ८४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९३ दशमलब ७ प्रतिशत रहेको छ । हाल देशभर ३१ हजार ३६८ जना सक्रिय संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण