Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन सुरु

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन सुरु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रत्येक वर्ष आयोजना गर्ने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन आजबाट सुरु भएको छ । यो सातौं शिखर सम्मेलन हो ।

परिषद्ले  भर्चुअल रुपमा गरेको सम्मेलनको उद्घाटन आज स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले गरेका हुन्। ‘सातौं सम्मेलनको नारा ‘जनस्वास्थ्य संकटको बेला अनुसन्धान :  नीति र कार्यान्वर्यनको लागि प्रमाण’ भन्ने रहेको छ ।

सम्मेलनमा बोल्दै परिषद्का कार्यकारी प्रमुख डा प्रदिप ज्ञवालीले स्वास्थ्य अनुसन्धानको विकास र विकासका लागि प्रत्येक वर्ष शिखर सम्मेलन गर्दै आएको जनाए । कोरोना महामारीका कारण भर्चुअल रुपमा गर्न लागिएको सम्मेलन २ दिनसम चल्ने र यसपटक कोभिडमै केन्द्रित भएर प्रस्तुतीकरण रहने समेत डा ज्ञवालीले जानकारी दिए ।

सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित विषयमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताकहरुको आफ्नो खोज तथा अनुसन्धानकावारेमा ४७ वटा अनुसन्धानमूलक कार्यहरुको मोखिक प्रस्तुती, १९ पोस्टर प्रस्तुती तथा २४ वटा आमन्त्रित प्रस्तुतीकरण रहनेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार