थप २६३६ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामाम २६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ७४८ जनाको परीक्षण गर्दा थप २६ सय ३६ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ९ हजार ७१ पुगेको छ ।
हालसम्म कुल संक्रमितको संख्या पीसीआर विधिबाट परीक्षण गरिएकोमा ६ लाख ३६ हजार ९१६ र एन्टिजेन विधिबाट गरिएकोमा ३३ हजार ९४१ रहेको छ । यीमध्ये ५ लाख ९२ हजार ५३५ जना संक्रमणमुक्त भइसकेका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९३ प्रतिशत रहेको छ । अहिले देशभर ३५ हजार ३१० जना सक्रिय संक्रमित रहेका छन््।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण