पछिल्लो २४ घण्टामा २४७६ संक्रमित थपिए, २७ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २४ सय ७६ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार
पछिल्लो २४ घण्टामा १४ हजार ३५१ जनाको कोरोना परीक्षण गर्दा थप २४ सय ७६ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ८ हजार ९४५ पुगेको छ । उता कुल संक्रमितको संख्या पीसीआर विधीबाट परीक्षण गर्दा ६ लाख ३१ हजार १५२ र एन्टिजेट विधीबाट परीक्षण गर्दा ३० हजार ६८९ रहेको छ । यसैगरी आज ५ हजार ४५५ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म ५ लाख ७६ हजार ४१३ जना संक्रमणमुक्त भएका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९१ दशमलब ३ प्रतिशत रहेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित