नेपालमा २ दशमलब ३ प्रतिशतले मात्र पाएका छन् कोरोना विरुद्धको दुवै डोज खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना विरुद्धको दुबै डोज खोप लगाउनेको संख्या २ दशमलब ३ प्रतिशत मात्र रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २५ लाख ५६ हजार १२९ जनाले कोरोना विरुद्धको पहिलो डोज पाएका छन्। यो भनेको जम्मा ८ दशमलब २ प्रतिशत मात्र हो । यसैगरी दुवै डोज पाउनेको संख्या ७ लाख ४५ हजार ६७० रहेको छ । यो भनेको २ दशमलब ३ प्रतिशत मात्र रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा गत माघ १४ गतेदेखि कोरोना विद्धको खोप लगाउन शुरु गरिएको भए पनि यो अभियान खोप अभावका कारण अवरुद्ध हुँदै आएको छ । उता सरकारले समयमै खोप ल्याउन नसक्दा ६५ वर्ष माथिका १४ लाख जेष्ठ नागरिकले पहिलो डोज कोभिशिल्ड लगाएर पनि दोस्रो डोज लगाउन पाएका छैनन्। सरकारले बारम्बार खोपका लागि पहल गरिरहेको भने पनि यसले ठोस गति लिन सकेको देखिंदैन्।
विश्वभर १८ करोड ७४ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ३९ लाख १५ हजार बढीको मृत्यु भइसकेको छ । नेपालमा हालसम्म ८ हजार ९१८ जनाको कोरोनाबाट मृत्यु भएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित