थप २४७४ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा थप २४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १२ हजार २३२ जनामा परीक्षण गर्दा २४ सय ७४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ६ लाख २९ हजार ४३१ पुगेको छ । यसैगरी एन्टिजेन विधिबाट परीक्षण गर्दा थप २९ हजार ९३४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । यहीवीच पछिल्लो २४ घण्टामा २५ सय १८ जना संक्रमणमुक्त भएका छन्।
यसैगरी गत २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ८ हजार ९१८ पुगेको छ ।
हाल देशभर ४९ हजार ५५५ जना सक्रिय संक्रमित रहेका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण