Health TV Online
Health TV Online
Health TV Online

ललितपुर महानगरद्धारा डा सुदिप श्रेष्ठ सम्मानित

ललितपुर महानगरद्धारा डा सुदिप श्रेष्ठ सम्मानित

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुर महानगरपालिकाले नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष डा सुदिप श्रेष्ठलाई सम्मान गरेको छ । महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले डा श्रेष्ठलाई क्यान्सर रोगको निदान, उपचार र अनुसन्धानमा लामो समयदेखि योगदान दिएको भन्दै सम्मान गरेका हुन्।

सम्मान कार्यक्रममा डा श्रेष्ठले हालसालै कोबायाशी फ़ाउण्डेशन पुरस्कार पाउनु भनेको यही समर्पणको एक मुर्त रुप भएको महर्जनले बताए । ललितपुर जिल्लामै जन्मिई यसै क्षेत्रलाई आफ्नो कार्यक्षेत्र समेत बनाई एक स्वस्थ शहर निर्माणका लागि डा श्रेष्ठले कर्मठ रुपले आफ्नो कर्तव्य पालन गरिरहेकाले ललितपुर महानगरका तर्फबाट श्रेष्ठलाई सम्मान गरिएको समेत उनले जिकीर गरे । यसका साथै आगामी दिनमा क्यान्सर अस्पतालसँग मिलेर ललितपुरका सबै वडाहरुमा क्यान्सरको निदानदेखि उपचारसम्मका कार्यमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो ।

डा सुदिप श्रेष्ठले एक साताअघि मात्र कोबायाशी क्यान्सर फ़ाउण्डेशन अवार्ड २०२० प्राप्त गरेका थिए । यो अवार्ड क्यान्सरका क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने चिकित्सक एवं शोधकर्ताहरुलाई जापानको कोबायाशी फ़ाउण्डेशनद्वारा प्रदान गरिने गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार