Health TV Online
Health TV Online
Health TV Online

थप २४२१ जनामा कोरोना संक्रमण

थप २४२१ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ४१४ जनाको कोरोना परीक्षण गर्दा २४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ८१ जना (यसअघि समावेश गर्न छुट भएका सहित) कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ८ हजार ८ हजार ८९४ पुगेको छ । काठमाडौं उपत्यकामा आज ४९७ जना नयाँ संक्रमित थपिएका छन्।

हाल देशभर ५० हजार ५२० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार