ललितपुर महानगरमा आज कोभिशिल्ड खोपको दोस्रो डोज लगाइँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं : ललितपुर महागरपालिकामा आज कोरोना विरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज लगाइँदै छ ।
बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म पहिलो खोप लगाएका महानगरवासीलाई खोप लगाउन लागिएको भन्दै महानगरले सूचना जारी गरेको छ । खोप लगाउनका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस, पहिलो डोज खोप लगाएको कार्ड र उमेर खुल्ने प्रमाणपत्रसमेत लिएर उपस्थित हुनु पर्ने महानगरले जनाएको छ ।
यसअघि पहिलो डोज लगाएका ७७ वर्षमाथिका २२ सय २० जना ज्येष्ठ नागरिकका साथै जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयमसेवकहरु गरी २५ सय जनाले कोभिशिल्डको दोस्रो डोज खोप लगाउन पाउनेछन् ।
खोप लगाउनका लागि ८ वटा केन्द्र तोकिएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण