Health TV Online
Health TV Online
Health TV Online

१९ दिनमै पदमुक्त भए स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ

१९ दिनमै पदमुक्त भए स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ १९ दिनमै पदमुक्त भएका छन्। उनले गत जेठ २१ गतेदेखि स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै उनी आज पदमुक्त भएका हुन्। सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

अदालतको यो आदेशसँगै स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसहित २० जना मन्त्रीको पद गुमेको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार