आज सातौं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज सातौँ अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरि विश्वभरि नै मनाइँदै छ।
जुन महिनाको २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ। त्यसो त नेपालमा राष्ट्रिय योग दिवसका रुपमा माघ १ लाई पनि मनाउने गरिन्छ ।
योगका विविध फाइदाहरुकाबारेमा जानकारी दिन र योग गर्नका लागि प्रेरित गर्नका लागि अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागिएको हो ।
यसपटकको नारा ‘योग फर वेलबिइङ’ भन्ने रहेको छ । मानिसको जीवन शैलीलाई अनुशासित बनाउनेदेखि शारीरिक र मानसिक रुपमा स्वस्थ र स्फूर्त राख्न योगले निकै मद्दत गर्ने गर्छ । पछिल्लो समय नेपालमा पनि योग गर्नेको संख्यामा वृद्धि भएको पाइन्छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायका अनुसार योगले मानिसलाई स्वस्थ, स्फूर्त राख्ने मात्र हैन् मानसिक रुपमा पनि चुस्त दुरुस्त राख्ने हुँदा सबैले योग गर्ने बानी बसाल्न जरुरी रहेको बताउँछन्। उनले कोरोना महामारीका बेला सबै जना एक किसिमको त्रासमा भएकाले पनि यसबेला अझ बढी योग ध्यानको जरुरत हुने बताए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण