Health TV Online
Health TV Online
Health TV Online

थप २४४२ जनामा कोरोना संक्रमण, ५१ जनाको मृत्यु

थप २४४२ जनामा कोरोना संक्रमण, ५१ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप २४४२ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९५६ परीक्षण गर्दा २४ सय ४२ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी गत २४ घण्टामा ५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा मात्रै ५४८ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
आज कोराना जितेर ३ हजार ४५६ जना डिस्चार्ज भएका छन्।

हाल देशभर ५५ हजार ५३२ जना सक्रिय संक्रमित रहेको बताइएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमण र मृत्यु दरमा कमी आएको देखिन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार