२४ घण्टामा १३ हजार ३७ जनाको परीक्षण, २७६८ जनामा कोरोना पुष्टि
४४ संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप २७ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ३७ जनाको परीक्षण गरिएकोमा २७ सय ६८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ६ लाख १७ हजार ९४७ पुगेको छ । यीमध्ये ५ लाख ४९ हजार ६८२ जना संक्रमित निको भइसकेका छन्।
उता कोरोना संक्रमण भएर गत २४ घण्टामा ४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६४१ पुगेको छ । गत २४ घण्टामा ४ हजार २० जना संक्रमणमुक्त भएका छन्।
हाल देशभर ५९ हजार ६२४ जना सक्रिय संक्रमित रहेका छन्।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य