भारतमा ५८ दिनपछि २ हजारभन्दा कम संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन : केही दिनयता भारतमा कोरोना संक्रमितको संख्यामा त कमी आएको थियो नै अब भने मृत्युदरमा पनि कमी आउन थालेको छ ।
त्यहाँ ५८ दिन पछि २४ घण्टामा हुने मृत्यु २ हजारभन्दा कम आएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा त्यहाँ १५ सय ८७ जना कोरोना संक्रमितको मृत्यु भएको जनाइएको छ । जबकी यसअघि दैनिक रुपमा ३ हजारदेखी ४ हजारको हाराहारीमा संक्रमितको मृत्यु हुने गरेको थियो । कोरोनाको दोस्रो वेभमा धेरै नै प्रभावित बनेको भारतमा संक्रमण र मृत्यु कम हुन थालेपछि केही राहत भएको छ ।
हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ७ लाख ९८ हजार६५६ रहेको छ । उता अहिलेसम्म २ करोड ९७ लाख ६२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसैगरी कोरोनाबाट ३ लाख ८३ हजार ४९० जनाको मृत्यु भएको बताइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण