थप २६०७ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर आज थप २६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४८४ जनाको परीक्षण गर्दा २६ सय ७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ पुगेको छ । यीमध्ये ८८ दशमलब ६ प्रतिशत अर्थात ५ लाख ४५ हजार ६६२ जना भने निको भइसकेका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ८ हजार ५९७ पुगेको छ । हाल देशभर ६१ हजार ७२५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । उता आज २१ सय ४१ जना संक्रमित निको भएर घर फर्केका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण