थप २६०७ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर आज थप २६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४८४ जनाको परीक्षण गर्दा २६ सय ७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ पुगेको छ । यीमध्ये ८८ दशमलब ६ प्रतिशत अर्थात ५ लाख ४५ हजार ६६२ जना भने निको भइसकेका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ८ हजार ५९७ पुगेको छ । हाल देशभर ६१ हजार ७२५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । उता आज २१ सय ४१ जना संक्रमित निको भएर घर फर्केका छन्।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने