पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगियो
हेल्थ टिभी अनलाइन \काठमाडौं : पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ ।
खनालको स्वास्थ्यमा खासै सुधार हुन नसकेपछि चिकित्सकको सल्लाहमा उनलाई दिल्लीको अपोलो अस्पताल लगिएको हो । खनालको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । केही समय अघि कोरोना संक्रमण भएका खनालमा फेरी सास फेर्न गाह्रो हुने, ज्वरो आउने र शरीरमा रगतको कमी भएपछि सोमबार नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
खनालले केही समयदेखि मिर्गौलासम्बन्धी रोगको उपचार गराइरहेको बताइएको छ । ५ महिनाअघि पनि खनालले भारतको अपोलो अस्पतालमा उपचार गराएर फर्केका थिए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित